बिहीबार, भदौ १८, २०८३

इन्धनको मूल्य बढे पनि यसकारण बढ्दैन गाडी भाडा

विभागले पछिल्लो पटक ०७५ असोजमा सवारीको भाडा बढाउँदा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँलाई नै आधार बनाइएको थियो। त्यति बेला डिजेलको मूल्य १०१ रुपैयाँ प्रतिलिटरका दरले आधार मानेर विभागले सार्वजनिक सवारीको भाडा कायम गरेको थियो।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– गएको माघ २८ गते राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले त्यसको विरोध गरे। निगमले बढाएको मूल्य फिर्ता हुनुपर्ने भन्दै यातायात व्यवसायीले २९ माघमा विज्ञप्ति निकाले। पेट्रोलियम पदार्थको मूल्य वृद्धिअनुसार सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने माग यातायात व्यवसायी राष्ट्रिय महासंघले गर्‍यो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन महासंघले आयल निगमलाई फागुन ८ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर, यातायात व्यवसायीले दिएको अल्टिमेटम नसकिँदै ५ फागुनमा आयल निगमले फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइदियो। अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेलको ९७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिअनुसार यातायात भाडा बढाउन वा २८ माघमा बढेको मूल्य फिर्ता गर्न व्यवसायीले दिएको अल्टिमेटमको समय शुक्रबार सकिँदैछ। यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भन्छन्, ‘हामीले दिएको समयसम्म मागको सुनुवाइ नभए कठोर कदम चाल्न बाध्य हुनेछौं।’

यातायात व्यवस्था विभाग भने अहिलेसम्म बढेको पेट्रोलियम पदार्थको मूल्यकै आधारमा सार्वजनिक सवारीको भाडा बढाउने बेला नभएको बताउँछ।

विभागले पछिल्लो पटक ०७५ असोजमा सवारीको भाडा बढाउँदा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँलाई नै आधार बनाइएको थियो। त्यति बेला डिजेलको मूल्य १०१ रुपैयाँ प्रतिलिटरका दरले आधार मानेर विभागले सार्वजनिक सवारीको भाडा कायम गरेको थियो। त्यसअघि ०७२ माघमा भाडा दर कायम गर्दा पेट्रोलको मूल्य ९९ रुपैयाँ प्रतिलिटर र डिजेलको ७५ रुपैयाँ प्रतिलिटर थियो। 

विभागले पछिल्लो पटक भाडादर कायम गर्दा र अहिलेको पेट्रोलियम पदार्थको मूल्य करिब–करिब उस्तै भएकाले भाडा बढाउनुपर्ने आवश्यकता नदेखिएको विभागको भनाइ छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले भाडा निर्धारणको सूचकमा ३५ प्रतिशत हिस्सा पेट्रोलियम (इन्धन)को र बाँकी अन्य सूचकका आधारमा हुने गरेको बताए। 

यातायात व्यवसायी भने पेट्रोलियम पदार्थको मूल्य वृद्धिमात्र नभई समग्र महँगीको आधारमा भाडा बढाउनुपर्ने आफूहरुको माग रहेको बताउँछन्।

महासंघका अध्यक्ष कर्माचार्यले ०६९ सालयता भएको महँगीको आधारमा भाडा बढाउनुपर्ने बताए। ‘त्यतिबेला २३ लाख रुपैयाँ मूल्य रहेको गाडीको च्यासिस अहिले २९ लाख पुगेको छ,’ कर्माचार्यले भने, ‘१५ हजार रहेको टायरको मूल्य  १८–२० रुपैयाँ पुगेको छ। यस्ता विभिन्न सूचकका आधारमा भाडा बढाउनुपर्छ।’ बैंकको ब्याज, स्टाफको तलबलगायत खर्च हेर्दा पनि भाडा बढाउनुपर्ने बेला भएको उनको तर्क छ।

प्रकाशित: Feb 18, 2021| 10:44 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।