बिहीबार, भदौ १८, २०८३

प्रतिनिधिसभा विघटन : एमिकस क्युरीको फरकफरक राय

ससद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज पनि बहस जारी छ। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– ससद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज पनि बहस जारी छ। 

आज दोस्रो बहसका क्रममा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरिरहेका छन्। हिजोको बाँकी बहस वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सकेपछि शाक्यले बहस सुरु गरेका छन्।

सोमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै अस्ति मंगलबारदेखि संवैधानिक इजलासले एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताको राय लिन थालेको हो। वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरिसकेका छन्।

कार्की र मैनालीको धारणा एकै किसिमको देखिएको छ भने भने खरेलको धारणा फरक आएको छ। खरेलले प्रधानमन्त्रीलाई ससद् विघटन गर्न सक्ने कुनै अधिकार नभएको जिकिर गर्दै संसद् विघटन बदर हुनुपर्ने जिकिर पेश गरिसकेका छन्। कार्की र मैनालीले भने प्रधानमन्त्रीलाई विशेष अधिकार हुने दावी गर्दै अहिलेको संविधानमा त्यो कुरा मौन रहेकोे भन्दै यसलाई अदालतले व्याख्या गर्नुपर्ने जिकिर गरे। 

संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा एमिकस क्युरीबाट राय दिन वरिष्ठ अधिवक्ता पाँच जना छन्। 

एमिकस क्युरीलाई अदालतको सहयोगी मानिन्छ । एमिकस क्युरीको रायपछि अदालतले फैसला दिनका लागि केही समय माग्ने र त्यसपछि फैसला दिने बताइएको छ।
 

प्रकाशित: Feb 18, 2021| 07:39 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।