बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

यातायात व्यवस्था विभागले तोकिएकोभन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारबाही गरिने जनाएको छ। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौ- यातायात व्यवस्था विभागले तोकिएकोभन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारबाही गरिने जनाएको छ। 

विभागले तोकिएअनुसारको भार सवारी साधनमा रहे–नरहेको विषयमा नाप लिन तौलपुलको व्यवस्था गरिएको र तौल गर्दा तोकिएभन्दा बढी मात्रामा ढुवानी गरेको पाइएमा कारबाही गरिने जनाएको हो। 

नापका लागि विभागले मुग्लिन–नारायणगढ सडक खण्डको आँपटारी र वीपी राजमार्गको बर्दिबासमा तौलपुलको व्यवस्था गरेको छ। 

ती ‘तौलपुलहरू आगामी १७ फागुनसम्म परीक्षणका क्रममा रहेका र १८ फागुनदेखि तोकिएकोभन्दा बढी भारसहित सञ्चालन हुने मालवाहक सवारीहरूलाई ती तौलपुलहरूबाट कारबाही गरिने’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।
 

प्रकाशित: Feb 18, 2021| 06:06 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।