काठमाडौं- अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालत जाँदैछन्।
अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध मुद्दा लागेको थियो। उनी त्यसको लिखित जवाफ लिएर सर्वोच्चमा उपस्थित हुन लागेका हुन्।
प्रधामन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र संसद् विघटनविरुद्धको उनले गरेको बहसलाई ‘तमासा’ भनेर टिप्पणी गरेका थिए। सोही कारण प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो।
१५ माघमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।