बिहीबार, भदौ १८, २०८३

दुई वर्षको केटी गैँडा मृत फेला

राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले गैँडा मर्ने क्रम रोकिएको छैन। बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले गैँडा मर्ने क्रम रोकिएको छैन। बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका १७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ। सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए। 

मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना संकलन गरी भेटेरिनरी शाखामा पठाइएको उनले बताए। सो बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन्। चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन्। तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन्। 

प्रकाशित: Feb 18, 2021| 03:01 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।