सोमबार, जेठ ४, २०८३

चिनियाँ भ्याक्सिन ‘भेरो सेल’लाई आकस्मिक प्रयोगका लागि नेपालले दियो मान्यता

नेपाल सरकारले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘सार्स–कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- नेपाल सरकारले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘सार्स–कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।

National life

औषधि सल्लाहकार समितिको सिफारिसका आधारमा बुधबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई अनुमति दिएको हो। 

‘आकस्मिक प्रयोगका लागि सार्स–कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ खोप ससर्त अनुमति दिएका छौँ’, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताए। 

अनुमतिसँगै चीनले दिने भनेको ५ लाख डोज खोप आउने बाटो खुलेको छ। 

यो खोप पनि २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा राख्न मिल्छ।  डब्लूएचओले यसअघि रहेका फाइजर र अक्सफोर्ड एस्टाजेनेकाबाट उत्पादित खोपहरुलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।

हाल नेपालमा भारतबाट १० लाख डोज खोप आएको थियो, सो खोप अहिले लागइँदैछ।

प्रकाशित: Feb 18, 2021| 01:33 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्