बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टुँडिखेल वरिपरि नेकपा दाहाल-नेपाल समूहको मानव साङ्लो : प्रतिगमन र भ्रष्टाचारविरुद्ध प्रदर्शन

टुँडिखेल वरिपरि नेकपा दाहाल-नेपाल समूहको मानव साङ्लो : प्रतिगमन र भ्रष्टाचारविरुद्ध प्रदर्शन

 सत्तासिन दलकै असन्तुष्ट दाहाल–नेपाल समूहले आज विरोध प्रदर्शन गर्ने भएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- सत्तासिन दलकै असन्तुष्ट दाहाल–नेपाल समूहले आज विरोध प्रदर्शन गर्ने भएको छ। 

नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंको टुँडिखेल वरीपरि मानव साङ्लो बनाएर प्रदर्शन गर्ने भएको हो। 

सरकारले प्रतिनिधिसभा विघटन, असंवैधानिक बाटोबाट संवैधानिक निकायको नियुक्ति, भ्रष्टाचार र महंगीको विराधमा प्रदर्शन गर्न लागिएको हो।  

सरकारको विरोधमा दिउँसो ४ बजे एक घन्टा मानव साङ्लो बनाएर प्रदर्शन गरिने नेकपा दाहाल–नेपाल समूहले जनाएको छ।  

दाहाल–नेपाल समूहले शुक्रबार देशव्यापी सबै पालिकाका वडावडामा विरोध कार्यक्रम गर्ने पनि जनाएको छ। फागुन ७ देखि १५ सम्म प्रतिगमनविरुद्ध संविधान रलोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 
 

प्रकाशित: Feb 18, 2021| 01:22 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।