शुक्रबार, भदौ १९, २०८३

वैदेशिक हस्तक्षेपविरुद्ध एकजुट होऔं : श्रेष्ठ

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप बढिरहेको बताएका छन्। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप बढिरहेको बताएका छन्। 

उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश गम्भीर संकटबाट गुज्रँदै छ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ।’

उनले सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्त्वबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको बताएका छन्।

उनले भने, ‘विदेशी शक्तिहरू  कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’

उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न तथा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सबैलाई एकजुट हुन अपिल गरेका छन्।

प्रकाशित: Feb 17, 2021| 10:15 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।