शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

जनकपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको छ। 

प्रादेशिक अस्पताल प्राङ्गणभित्रै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन्। 

प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रतिष्ठान कार्यालयको उद्घाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको भन्दै खुशी व्यक्त गरे।

उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने ‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने आकांक्षा अब पूरा हुने छ।विस्तारै यहीँ पनि एमबीबीएस, एमडी लगायतको पढाइ हुनेछ।’

मुख्यमन्त्री राउतले आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको चर्चा गर्दै यसको मुख्य कारण सरकारको गलत नीति रहेको आरोप लगाए। उनले प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण गर्ने विश्वास व्यक्त गरे।  

सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए। उनले यस प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए। मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले ठूलो रोजगारीको अवसर समेत प्रदान गर्ने बताए।

प्रकाशित: Feb 17, 2021| 10:10 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।