आइतबार, साउन १०, २०८३

एक वर्षपछि सँगै देखिए किम दम्पती

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी रि सोल जू करिब एक वर्षपछि सार्वजनिक स्थानमा देखिएका छन्। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी रि सोल जू करिब एक वर्षपछि सार्वजनिक स्थानमा देखिएका छन्। 

उनीहरु दुवै मंगलबार एक कार्यक्रममा देखा परेका हुन्। 

उत्तर कोरियाको सरकारी न्युज च्यानलका अनुसार उन दम्पती किमका पिता तथा उत्तर कोरियाका पूर्वनेता किम जोङ इलको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्।

पछिल्लो वर्षको जनवरीपछि किम दम्पती एकसाथ देखिएका थिएनन्। यसका कारण ३१ वर्षीया सोल जू को स्वास्थ्यमा गडबडी भएको वा उनी गर्भवती भएको अनुमान हुँदै आएको थियो। 

दक्षिण कोरियाली खुफिया एजेन्सीका अनुसार किम र जू का तीन बच्चा छन्। 


 

प्रकाशित: Feb 17, 2021| 09:40 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।