शुक्रबार, भदौ १९, २०८३

चितवनमा ट्रकको ठक्करबाट हरिणको मृत्यु

पूर्वपश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

चितवन – पूर्वपश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ। 

रत्ननगर नगरपालिका–९, सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान करिब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जाँदै गरेको ना६ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो।

घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१, रामनगरबाट पक्राउ गरेको छ। 

नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए। रासस

प्रकाशित: Feb 17, 2021| 06:48 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।