शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगामायाको जीवन रक्षा गर्न आयोगको तीनबुँदे निर्देशन

गंगामायाको जीवन रक्षा गर्न आयोगको तीनबुँदे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ। 

आयोगको कार्यालयमा मंगलबार बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। 

अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न पनि आयाेगले निर्देशन दिएकाे छ।

कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितमध्येका एक रुद्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उनलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
 
छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारबाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले बताए। 

बैठकले अनशनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूतिसमेतका लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गरेको छ।

यस्तै आयोगले कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। रासस

प्रकाशित: Feb 16, 2021| 13:25 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।