शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्ताको उन्माद नदेखाउन नेकपालाई कांग्रेसको चेतावनी

सत्ताको उन्माद नदेखाउन नेकपालाई कांग्रेसको चेतावनी

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ।’ 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– नेपाली कांग्रेसले नेकपा कार्यकर्तालाई सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ। 

बैतडीको डिलासैनीमा मंगलबार पार्टीको कार्यक्रम भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा आक्रमण भएको भन्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो।  

केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा नेकपा कार्यकर्ताले ढुंगामुढा गरेको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ।’  

एक्कासि भएको आक्रमणपछि पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको विज्ञप्तिमा उल्लेख छ।  

शर्माले भनेका छन्, ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ।’ 

कांग्रेसले यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित: Feb 16, 2021| 13:08 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।