शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन काठमाडौंबाटै

ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन काठमाडौंबाटै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालयको मंगलबार काठमाडौंबाटै उद्घाटन गरेकी छन्।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालयको मंगलबार काठमाडौंबाटै उद्घाटन गरेकी छन्।

मौसमका कारण सदरमुकाम फुङलिङमा उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन्। 

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने बताइन्। मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको बताउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरिन्। 

आयोगको काममा जनप्रतिनिधिसमेत जोडिएकाले ऐनअनुसार जिम्मेवार भएर काम गर्न उनको आग्रह छ। 
 

प्रकाशित: Feb 16, 2021| 12:35 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।