शुक्रबार, भदौ १९, २०८३

सपनालाई धम्क्याउने बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिला सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएको र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– बीबीसीको प्रभावशाली महिला सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएको र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गोंगबुस्थित नयाँबसपार्क क्षेत्रबाट पक्राउ गरेको एसएसपी अशोक सिंहले जानकारी दिए।

उनलाई भोलि बुधबार अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। 

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले सपना रोका मगरको नग्न तस्बिर आफूसँग रहेको दाबी गर्दै ती तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए।

प्रकाशित: Feb 16, 2021| 12:21 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।