मंगलबार, साउन १९, २०८३

शैक्षिक सत्र सार्न शिक्षा नियमावली संशोधन (संशोधित नियमावलीसहित)

नियमावलीमा महामारी वा अन्य कुनै विपत् परेमा शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९ को नवौं संशोधन गरेको छ।

नियमावलीमा महामारी वा अन्य कुनै विपत् परेमा शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नियमावली संशोधन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना महामारीका कारण देखाएर आउँदो शैक्षिक सत्र केही महिना पर सार्ने तयारी गरेको छ। 

सरोकारवाला भने संकटका बेला केही महिना सारे पनि शैक्षिक सत्र वैशाखबाट उपयुक्त हुने पक्षमा छन्। नियमावली संशोधन गरेपछि शैक्षिक सत्र केही पर सार्न सहज हुने मन्त्रालयका अधिकारी बताउँछन्।

नियमावलीमा विपत् वा महामारीका बेला विद्यार्थीले चाहेमा विद्यालय परिवर्तन गर्न सक्ने व्यवस्था छ। 

मूल नियमावलीको नियम २, नियम ४७ क, नियम ५३, नियम ५७, नियम ८०, नियम ८४, नियम १३८,  र नियम १८२ लाई संशोधन गरिएको मन्त्रालयको विद्यालय व्यवस्थापन महाशाखाका प्रमुख विदुरराज गिरीले बताए। 

यस्ताे छ संशाेधित नियमावली

प्रकाशित: Feb 16, 2021| 10:59 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्