शुक्रबार, भदौ १९, २०८३

कर्णालीका नौ जिल्ला कोरोना संक्रमण मुक्त

सुर्खेतबाहेक अन्य नौ जिल्लामा कोरोना संक्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

सुर्खेत– कर्णाली प्रदेशका नौ जिल्लामा कोरोना संक्रमण मुक्त भएका छन्। 

सुर्खेतबाहेक अन्य नौ जिल्लामा कोरोना संक्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

कर्णाली प्रदेशमा कुल १० जिल्ला छन्। सोमबारसम्म दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा संक्रमण मुक्त भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए। 

सुर्खेतमा भने अझै २७ जना कोरोना संक्रमित छन्। संक्रमितमध्ये प्रदेश अस्पतालमा तीन जना र होमआइसोलेसनमा २४ जना छन्। 

हालसम्म कर्णाली प्रदेशमा ९७ हजार ३३४ जनाको पीसीआर परीक्षण गर्दा सात हजार ५४५ जना संक्रमण भएका हुन्। 

संक्रमित हुनेमा सुर्खेतका तीन हजार २५६ जना, दैलेखमा एक हजार ६८४ जना, सल्यानमा ६९३ जना, जुम्लामा ४१६ जना र कालीकोटमा ३३२ जना छन्। 

रुकुम पश्चिममा २५७ जना, जाजरकोटमा १५९ जना, हुम्लामा ६१ जना, डोल्पामा ४४ जना, र मुगुमा ४१ जनामा संक्रमित छन्। कुल संक्रमितमध्ये सात हजार ३४२ जना संक्रमण मुक्त भइसकेका छन्।

हालसम्म कोरोनाबाट कर्णालीमा संख्या ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतका सवैभन्दा अर्थात १७ जना, दैलेखका सात जना, सल्यान, रुकुम पश्चिम, कालीकोट र डोल्पाका एक–एक जना तथा बाँकेका दुई र स्याङ्जाका एक जनाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृतकमध्ये २२ पुरुष र नौ जना महिला हुन्।

प्रकाशित: Feb 16, 2021| 10:03 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।