शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षक हत्याको आरोपमा विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध मुद्दा दायर, पक्राउ भने एक जनामात्रै

शिक्षक हत्याको आरोपमा विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध मुद्दा दायर, पक्राउ भने एक जनामात्रै

शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको आरोपमा नेकपा विप्लव समूहका ४२ जना नेता–कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको आरोपमा नेकपा विप्लव समूहका ४२ जना नेता–कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

मिक्लाजुङ गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षिय राजेन्द्र श्रेष्ठको गत मंसिर २३ गते अपहरणपछि हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो। सुराकी गरेको आरोपमा श्रेष्ठलाई विप्लव समूहका ६ जना कार्यकर्ताले घरबाट अपहरण गरी जंगलमा लगेर हत्या गरेका थिए।

घटनाको अनुसन्धानपछि प्रहरीले विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनालाई मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाएको थियो। त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दायर गरेको हो। 

मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। अहिलेसम्म हत्याका आरोपीमध्ये विप्लव समूहका मोरङ इन्चार्ज डिवि सिलवाल भनिने धनबहादुर विक एकजनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका विकले पनि हत्यामा संलग्न नभएको बताउँदै आएका छन्।
 

प्रकाशित: Feb 16, 2021| 08:21 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।