सुर्खेत– बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
जिल्ला अदालत सल्यानले यस्तो फैसला गरेको हो। न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।
मंसिर ३ गते बहुविवाह गरेका उनीहरुलाई प्रहरीले मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो। वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन्।