शुक्रबार, भदौ १९, २०८३

कोरोनाका थप दुई खोपलाई डब्लुएचओको मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप दुईवटा खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप दुईवटा खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको छ। 

कोरियाले उत्पादन गरेको एस्ट्राजेनेका–एसके बायो खोप र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपलाई डब्लुएचओले मान्यता दिएको हो। हाल मान्यता दिएका ती खोप कोभ्याक्समार्फत् विश्वभर पुर्‍याउने डब्लुएचओले जनाएको छ। 

डब्लुएचओकी सहायक निर्देशक मारिएन्जेला सिमाओले यी दुई खोपलाई आपतकालीन प्रयोगको मान्यता दिएसँगै पहुँच नपुगेका मुलुकका स्वास्थ्यकर्मी तथा उच्च जोखिममा भएका व्यक्तिले खोप लगाउन पाउने बताइन्।

हाल अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप नेपाललगायत विभिन्न १४ मुलुकमा आपतकालीन प्रयोग भइरहेको छ।

यसअघि फाइजरको खोपले डब्लुएचओबाट मान्यता पाएको थियो।

प्रकाशित: Feb 16, 2021| 06:12 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।