शुक्रबार, भदौ १९, २०८३

भारतको मध्यप्रदेशमा यात्रुवाहक बस दुुर्घटना

 भारतको मध्यप्रदेशमा आज बिहान यात्रुवाहक बस नहरमा खसेको छ। बसमा ५४ यात्रु थिए। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

भोपाल (भारत) - भारतको मध्यप्रदेशमा आज बिहान यात्रुवाहक बस नहरमा खसेको छ। बसमा ५४ यात्रु थिए। 

कम्तीमा चारजनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यम भास्करले लेखेकाे छ।

नहरबाट सात जनाकाे भने उद्धार गरिएकाे छ। 

शवको पहिचान अहिलेसम्म नभएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन्। 

बाँकी यात्रुहरूको खोजी कार्य जारी छ।

दुर्घटना रिवा–सीधी सीमास्थित छुहियाघाटीमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

बस खसेको नहर वाणसागर परियोजनाको हो। बस सीधीबाट सतना जान लागेको थियो। 

भारतीय सञ्चारमाध्यमका अनुसार बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। 

प्रकाशित: Feb 16, 2021| 05:25 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।