शुक्रबार, भदौ १९, २०८३

डिजेल चोरी तस्करी गर्ने तीनजना ट्यांकरसहित पक्राउ

डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

पर्सा - डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। 

ना ७ ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गएराति प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी नायव उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्यांकरसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका-३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन्।

पक्राउ परेकामध्ये सोही ट्यांकरका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको कुँवरको भनाइ छ। 

वीरगञ्जको नेपाल-भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्यांकरसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको उनको भनाइ छ। 

प्रकाशित: Feb 16, 2021| 04:15 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।