शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका कारण पत्रकारिता क्षेत्र धराशयी बन्यो : गगन थापा

कोरोनाका कारण पत्रकारिता क्षेत्र धराशयी बन्यो : गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धराशयी बन्न पुगेको बताए।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

चितवन– कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धराशयी बन्न पुगेको बताए।

लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटनमा सोमबार उनले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धराशयी बनेको बताए। मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उनले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताए। सो अवसरमा जिल्लाका दुई पत्रकार, डाक्टर, समाजसेवीलगायत सम्मानित भएका थिए।  

कार्यक्रममा कांंग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंहलगायतले विचार व्यक्त गरेका थिए।  

प्रकाशित: Feb 16, 2021| 03:53 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।