शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौंमा स्वयंसेवक परिचालन

ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौंमा स्वयंसेवक परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ। 

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण दिएर काठमाडौंका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ। महाशाखाले स्वयंसेवकलाई उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए। 

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियम पालना गर्न सन्देश प्रवाह गर्ने उनले जानकारी दिए। 

स्वयमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा जनमानसले राहत महसुस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्नेमा विश्वस्त रहेको भट्टराईले बताए।

उपत्यकामा बर्सेनि सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रुको दुर्घटनामा परी ज्यान जाने गरेको छ। सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँडडुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने प्रहरीले जनाएको छ। 

यसअघि महाशाखाले नेपाल स्काउट, युवा विद्यार्थीलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो। त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिइएको हो।

प्रकाशित: Feb 16, 2021| 01:40 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।