काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबारका लागि बोलाएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको छ।
सोही दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको बैठक डाकेपछि भेला स्थगित भएको हो।
केन्द्रीय समिति बैठकमा पार्टी महाधिवेशन, सबै समितिको म्याद थप र प्रतिनिधिसभा विघटन विरुद्धका आगामी कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ।
केन्द्रीय कार्य समिति बैठक डाकिएकाले भेला स्थगित गरिएको नेता नविन्द्रराज जोशीले जानकारी दिए।
जोशीका अनुसार जिल्ला सभापतिहरू क्रियाशील सदस्यता वितरण र नविकरणमा व्यस्त भएकाले पनि स्थगित गर्नुपरेको हो।