शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रधानमन्त्रीको आह्वान

उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीलाई आह्वान गरेका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीलाई आह्वान गरेका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘सकेसम्म हाम्रा जमीन, जङ्गल, जडिबुटी आदिको कसरी अघिकतम सदुपयोग  गर्न सकिन्छ। त्यतापट्टी लाग्नुस्। सरकारले पूर्ण सहयोग गर्छ। यो सरकार हुतिहारा खालको सरकार होइन। दृढता भएको केही गरौँ भन्ने सरकार हो।’

प्रधानमन्त्रीले कोभिड—१९ का कारण प्रतिकूल असर परेका बेला कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्याधिक खस्किने कुरा हुन नसक्ने बताए। बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायी पनि त्यसको सावा ब्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको भनाइ थियो। 

कोभिड–१९ ले पारेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीलाई आग्रह गरे।

पार्टीका केही नेताले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो। ‘पार्टीका शीर्ष नेतामा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ।’,  उनले भने। रासस

प्रकाशित: Feb 15, 2021| 14:10 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।