दार्चुला– दार्चुलामा बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन्।
जिल्लाको मालिकार्जुन गाउँपालिका-३, मल्बावमा बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा १६ वर्षीय गोविन्द धामी, उनकी ७५ वर्षीया आमा धौली धामी र अर्का गाउँले २० वर्षीय अनिल धामीमाथि बंदेलले आक्रमण गरेको स्थानीयले बताएका छन्।
घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि कैलाली लगिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अनिलको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
गाउँ पसेको बँदेललाई स्थानीय युवाले मारेर प्रहरीलाई बुझाएका छन्।