शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्ला दिनमा थपिएका अधिकांश कोरोना संक्रमित उपत्यकाका

पछिल्ला दिनमा थपिएका अधिकांश कोरोना संक्रमित उपत्यकाका

पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्। 

बितेको २४ घण्टामा ३ हजार ५४१ नमूना परीक्षण गर्दा १२२ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७३ छन्। हालसम्म काठमाडौंमा १ लाख २ हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १ लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ। अझै पनि काठमाडौंमा १ हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या १४४ छन्। हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ। कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुुगेको छ।

बितेको २४ घन्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट २ हजार ५५ जनाले ज्यान गुमाएका छन्। रासस

प्रकाशित: Feb 15, 2021| 13:17 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।