शुक्रबार, भदौ १९, २०८३

‘मृत्युसँग डराउँदैनौँ, प्रतिगमनको डर लाग्छ’

शैक्षिक प्रतिगमनविरुद्ध आन्दोलित विद्यार्थीहरुले मृत्युको भन्दा प्रतिगमनको डर लाग्ने बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- शैक्षिक प्रतिगमनविरुद्ध आन्दोलित विद्यार्थीहरुले मृत्युको भन्दा प्रतिगमनको डर लाग्ने बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालय परिसरमा गरेको बृहत् नागरिक आन्दोलनअन्तर्गत शैक्षिक प्रतिगमनविरुद्धको आन्दोलनमा विद्यार्थीहरुले शिक्षामा व्यापारीकरण भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन्। 

आन्दोलनलाई सम्बोधन गर्दै विद्याथी निर्ग नवीनले विश्वविद्यालय कार्यकर्ता भर्ना गर्ने ठाउँ भएको आरोप लगाए। ‘मृत्यले डराउँदैनौँ, प्रतिगमनले डर लागेको छ’ नवीन भन्छन्। 

आन्दोलनमा सरकारले पुस ५ मा भएको संसद विघटन र त्यसपछिका नियुक्ति प्रतिगमनको पराकाष्टा भएको नागरिक अगुवाको आवाज थियो।

विद्यार्थी एलिजा ढकालले विश्वविद्यालयले पढेका बुख्याँचा उत्पादन मात्रै गर्ने तर रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको बताइन्। निजी क्षेत्रले गरिब विद्यार्थीलाई शिक्षामा निषेध गरेको भन्दै यस्ता व्यापारीकरणको अन्त्य गर्नुपर्ने उनले बताइन्।

विश्वविद्यालयले लागू गरेको सेमेष्टर प्रणालीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको लागि विश्वविद्यालयमा पढ्न वञ्चित गरेको बताइन्। 

प्रकाशित: Feb 15, 2021| 12:18 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।