शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको निर्णयलाई सम्मान गर्दै कांग्रेस अगाडि बढ्छ : नेता साउद

सर्वोच्चको निर्णयलाई सम्मान गर्दै कांग्रेस अगाडि बढ्छ : नेता साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले कांग्रेस सर्वोच्च अदालतको निर्णयलाई आधार मानेर अगाडि बढ्ने बताएका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

दार्चुला– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले कांग्रेस सर्वोच्च अदालतको निर्णयलाई आधार मानेर अगाडि बढ्ने बताएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार दार्चुलामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै साउदले कांग्रेस विधिको शासनमा विश्वास गर्ने भएकोले सर्वोच्चको निर्णयलाई सम्मान गर्दै अगाडि बढ्ने बताएका हुन्। 

साउदले जनताको माझमा जाने कुरामा नेपाली कांग्रेस कहिल्यै पछि नहट्ने बताए।

मुलुक अहिलेको अवस्था पुग्नुमा केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाललगायत नेकपामा सबै नेता दोषी रहेको उनले बताए। 

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गरिरहेको बताइन्। 
 

प्रकाशित: Feb 15, 2021| 11:41 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।