शुक्रबार, भदौ १९, २०८३

वाणिज्य विभागमा अख्तियारको छापा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। सो क्रममा विभागका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ।

अख्तियारको टोलीले विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

नायब सुब्बा चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिनका लागि कर्मचारी मिलाउनुपर्ने भन्दै अतिरिक्त रकम लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै जनालाई विभाग परिसरबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
 

प्रकाशित: Feb 15, 2021| 11:20 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।