शुक्रबार, भदौ १९, २०८३

अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी खापुङलाई

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी चन्द्रकुमारखापुङलाई दिइएको छ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी चन्द्रकुमारखापुङलाई दिइएको छ। 

मन्त्रीस्तरीय निर्णयबाट एसएसपी दीपक थापाको सरुवा गर्दै त्यहाँ एसएसपी खापुङलाई पठाइएको हो। 

गृह मन्त्रालयका अनुसार आजै गृहमन्त्री रामबहादुर थापाको निर्णयबाट थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको हो।

थापाको नेतृत्वमा महाशाखाले अपराध अनुसन्धानमा सफल अनुसन्धान गरिरहेकै बेला उनको सरुवा भएको बताइएको छ। एक वर्ष नपुग्दै थापाको सरुवा गरिएको हो। 

केही दिनअघि गृह मन्त्रालयकै निर्देशनमा अपराध महाशाखाले नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको थियो। उनको पक्राउको चर्को विरोध र प्रदर्शन भएपछि बेलुकी  लिखित बयान लिएर प्रहरीले छोडेको थियो।

प्रकाशित: Feb 15, 2021| 10:58 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।