शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली बिल बनाउने कारखानै चलेको रहेछ : प्रधानमन्त्री ओली

नक्कली बिल बनाउने कारखानै चलेको रहेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बिलबिजक बनाउने कारखाना नै चलेको बताएका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बिलबिजक बनाउने कारखाना नै चलेको बताएका छन्। 

सोमबार सिंहदरबारमा ३ वर्षको उपलब्धि सुनाउँदै ओलीले झुटो नक्कली बिजक बनाउने कारखाना नै चलेको बताएका हुन्। 

‘राजस्व चुहावटको कसुरका २१५ मुद्दामा राष्ट्रसेवक कर्मचारीसहित ७५५ जनाविरुद्ध ३२ अर्ब ७९ करोड ९० लाख बिगो असुल गरी जरिवना र कैद सजाय माग गरी मुद्दा चलाइएको छ,’ उनले भने, ‘झुटा नक्कली बिजक बनाउने त कारखानै चलेको रहेछ।’

पछिल्लो समय राजस्व अनुसन्धान विभागले झुटा बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व छलीको मुद्दा दायर गर्दै आएको छ।

भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट आफ्नो कार्यकालको ३ वर्षे उपलब्धि सुनाउँदै ओलीले त्यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ४४० जनाविरुद्ध १० अर्ब ७२ करोड ६९ लाख विगो कायम गरी त्यसको तेब्बर जरिवाना र ३ वर्ष कैद सजाय माग गरिएको बताए।
 

प्रकाशित: Feb 15, 2021| 10:35 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।