शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिन्छ : प्रवक्ता शर्मा

कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिन्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाको विरोध गरेका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाको विरोध गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा आयोजित विरोधसभामा शर्माले कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिने बताएका हुन्। उनले निर्देशिका ल्याएर विपक्षीका मुखमा लगाम लगाउनुअघि आफ्नो हातमा लगाम लगाउन सरकारलाई सुझाव दिएका छन्।

‘होसियार सरकार, नेपाली कांग्रेस फेसबुक चलाउने युवाको पक्षमा उभिन्छ। ट्विटर चलाउने युवाको पक्षमा उभिन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा सरकारका कमीकमजोरीको विरोध गर्नेको मुखमा लगाम लगाउनुअघि आफ्नो हातमा लगाम लगाउन म आग्रह गर्छु।’

प्रकाशित: Feb 15, 2021| 10:27 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।