काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को झगडाले कांग्रेसभित्रै लफडा भएको बताएका छन्।
प्रतिनिधिसभा विघटन विरुद्ध बुटवलमा साेमबार आयोजित विरोधसभामा बोल्दै देउवाले यस्तो बताएका हुन्।
हिजो प्रचण्डलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र मान्ने सर्तमा शान्तिप्रक्रियामा ल्याएर राजा फालेको स्मरण गर्दै देउवाले भने, 'अहिले ओली र प्रचण्ड नै राजा भन्दा ठूलो हुन खोजेका छन्।'
देउवाले नेकपामा कुर्सीका लागि मारामार हुँदा कांग्रेसमा समस्या आइसकेको बताए।
उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ। यस्तो बेलामा अदालतको निर्णय पर्खने कि के गर्ने भन्नेबारेमा दुई कुरा पार्टीभित्र आयो। तर निर्णय पर्खनुको विकल्प छैन।’