शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घर सम्हाल्न नसक्ने ओलीले दुई तिहाइको दम्भ नदेखाए हुन्छ : गगन थापा

घर सम्हाल्न नसक्ने ओलीले दुई तिहाइको दम्भ नदेखाए हुन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले आफ्नै पार्टी  सम्हाल्न नसक्ने केपी शर्मा ओलीलाई अब चुनावमा दुई तिहाइ बहुमत ल्याउने दम्भ नदेखाउन चेतावनी दिएका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– कांग्रेस नेता गगन थापाले आफ्नै पार्टी  सम्हाल्न नसक्ने केपी शर्मा ओलीलाई अब चुनावमा दुई तिहाइ बहुमत ल्याउने दम्भ नदेखाउन चेतावनी दिएका छन्। 

चितवनमा सोमबार आयोजित विरोधसभामा सम्बोधन गर्दै थापाले नेकपा विवादका कारण संसद् विघटन गरिएको भन्दै अब ओलीलाई चुनाव जित्छु भनेर दम्भ देखाउन नसुहाउने बताए। 

नेता थापाले नेकपाले अहिले संविधान र विधिलाई लथालिंग र भताभुंग बनाएको आरोप लगाउँदै अब त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसकाे काँधमा आएको बताए। 

उनले त्यसका लागि कांग्रेसले अब आउने निर्वाचनमा जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। निर्वाचनमा जानका लागि संसद् पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ।

थापाले भने, ‘संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एकएक हिसाबकिताब हुन्छ।’

नेता थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिका कारण राजनीतिक संकट उत्पन्न भएको भनाइ राखे।

उनले भने, ‘केपी ओली प्रवृत्तिबारे जनतालाई बुझाउने काम नेपाली कांग्रेसको हो। जनताले त्यसको हिसाब चुनावमा गर्नेछन्।’

चुनावमा जानका लागि संसद् पुनर्स्थापना पहिलो सर्त रहेको उनले बताए। उनले भने, ‘संसद् पुनर्स्थापनापछि मात्र चुनावको यात्रा तय हुनेछ। अनि कांग्रेसले जनतासँग भन्नुपर्छ– नेकपा स्वाधीनता, स्वतन्त्रता दिन सकेन, समानता दिन सकेन, हामी दिन सक्छौं।’ 

यस्तै संविधानलाई तलमाथि हुन दिने जाने छैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए। नेता  थापाले हिजो कांग्रेसले गरेको गल्तीको जनतासँग माफी माग्नुपर्ने पनि बताए। 

प्रकाशित: Feb 15, 2021| 09:34 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।