बिहीबार, फागुन २८, २०८२

नेतृ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने

म्यानमारकी नेतृ आङ सान सुकीका वकिल खिन पाउङ जाओले सैनिक कू बाट अपदस्थ नेतृ सुकी बुधबार (१७ फेब्रुअरी) सम्म प्रहरी हिरासतमै रहने बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

एजेन्सी- म्यानमारकी नेतृ आङ सान सुकीका वकिल खिन पाउङ जाओले सैनिक कू बाट अपदस्थ नेतृ सुकी बुधबार (१७ फेब्रुअरी) सम्म प्रहरी हिरासतमै रहने बताएका छन्।

National life

यसअघि सुकीलाई सोमबार छाड्ने अनुमान गरिएको थियो। प्रहरी हिरासतमा रहेको भनिएकी सुकीको रिहाइको माग गर्दै अधिकांश ठूला सहरमा प्रदर्शनकारीको भीड बढ्दै गएको छ।

प्रदर्शनकारीहरुले सुकीको रिहाइ र म्यानमारमा लोकतन्त्र बहालीको माग गर्दै आएका छन्।

सोमबार उनका वकिल खिनले पत्रकारहरुसँग भने, ‘अदालतमा हामीलाई न्यायाधीशले सुकीलाई १७ फेब्रुअरीमा प्रहरीले रिहा गर्नेबारे जानकारी दिएका छन्। उनी तत्काल प्रहरी हिरासतमै रहने छिन्। यो ठिक हो या गलत अब तपाईँ आफैँ बताउनुस्।’

खिनले सोमबार बिहान न्यायाधीशले सुकीसँग भिडियो कन्फ्रेन्सिङमार्फत् कुरा गरेकोसमेत बताएका छन्।

Laxmi sunrise bank
kumari

यसैबीच सैन्य कूविरुद्ध विरोध चर्किरहेको बेला सेनाले म्यानमारका ठूला सडकमा बख्तरबन्द गाडी तैनाथ गरेको छ। साथै देशभरको इन्टरनेट सेवा बन्द गरेको छ।

सैन्य कू विरुद्ध म्यानमारमा १० दिनदेखि लगातार विरोध प्रदर्शन जारी छ। 

प्रकाशित: Feb 15, 2021| 07:56 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।