शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा, मुख्यमन्त्री राउतले सुनाए उपलब्धि

प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा, मुख्यमन्त्री राउतले सुनाए उपलब्धि

प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

जनकपुरधाम– प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको छ। ३ वर्ष अगाडि फागुन ३ गतेकै दिन मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए। उनीसँगै ३ मन्त्रीले समेत शपथ ग्रहण गरेका थिए।

प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि सुनाएका छन्। मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरे।

बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा मुख्यमन्त्री राउतले जनाएका छन्।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको अभिव्यक्ति दिन पनि बिर्सेनन्। यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापित गर्न कटिवद्ध रहेको प्रतिबद्धता व्यक्त गरे। 

यस्ता छन् प्रदेश सरकारका उपलब्धि 

प्रकाशित: Feb 15, 2021| 07:50 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।