शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शीर्षस्थ नेताहरूलाई विवेकशील पार्टीको पासपोर्ट उपहार !

शीर्षस्थ नेताहरूलाई विवेकशील पार्टीको पासपोर्ट उपहार !

विवेकशील पार्टीले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पासपोर्ट उपहार भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – विवेकशील पार्टीले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पासपोर्ट उपहार भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। 

४० वर्षभन्दा मुनिका महिलाहरूलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरूको विरोधमा पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरीङ तामाङले बताए।

साथै नेताहरूको गैरजिम्मेवारपूर्ण व्यवहारले नागरिकमा नैराश्यता छाएको र युवाहरू विदेशिन पासपोर्ट लिने लाइनमा बस्नु परेको भन्दै प्रदर्शन गरिएको उनको भनाइ छ। 

प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललाई पासपोर्ट उपहार लेखिएको प्लाकार्डहरू बोकेका थिए।

यस्तै उनीहरूले असंवैधानिक संसद् विघटन खारेज हुनुपर्ने पनि माग गरेका छन्। विवेकशील पार्टीले हरेक सोमबार र बिहीबार बिहान साढे १० बजे संसद् विघटनविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ। 

प्रकाशित: Feb 15, 2021| 07:53 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।