काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले आफूहरुविरुद्धको अपहेलना मुद्दा ‘प्रथम दृष्टिबाटै खारेजभागी’ भएको जिकिरसहित लिखित जवाफ पेश गरेका छन्।
तीन पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त जवाफ दिएका छन् भने अर्का पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले छुट्टै जवाफ पेश गरेका छन्। चार जना पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालतमा आफैं उपस्थित भएर जवाफ दर्ता गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भन्दै उनीहरूले २४ पुसमा विज्ञप्ति जारी गरेका थिए।
अदालतमा विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीले बोलेर अदालतलको अवहेलना गरेको भन्दै अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले रिट दायर गरेका थिए।
१५ माघमा अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो।
यस्तो छ तीन पूर्वप्रधानन्यायाधीशको जवाफ