शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भैरहवाको विरोध सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा आउँदै

भैरहवाको विरोध सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा आउँदै

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले आज (सोमबार) भैरहवामा विरोधसभा गर्दैछ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

बुटवल– प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले आज (सोमबार) भैरहवामा विरोधसभा गर्दैछ। 

७७ वटै जिल्लामा एकसाथ विरोध सभा गर्ने कार्यक्रमअनुसार भैरहवामा सभा गर्न लागेको कांग्रेसले जनाएको छ। सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

भैरहवाको बुद्धचोकबाट र्‍याली आयोजना गरी नारायणपथ, मिलनचोक हुँदै हनुमान मन्दिरमा पुगेर विरोध सभामा परिणत हुने कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले जानकारी दिए।

नेकपाको दुवै समूहले बुटवलमा शक्ति प्रदर्शन गरेपछि भैरहवामा कांग्रेसले शक्ति प्रर्दशन गर्न लागेको जनाइएको छ। 

सभालाई सभापति देउवासहित केन्द्रीय सदस्य बालकृष्ण खाँण, संघीय संसदका लेखा समिति सभापति भरत कुमार शाहलगायतका नेताहरुले सम्बोधन गर्नेछन्। 

प्रकाशित: Feb 15, 2021| 06:34 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।