बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको खोप लगाउँदा राजीनामा दिनुपर्‍यो पेरुकी विदेशमन्त्रीले

कोरोनाको खोप लगाउँदा राजीनामा दिनुपर्‍यो पेरुकी विदेशमन्त्रीले

कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पेरुमा विदेशमन्त्रीले राजीनामा दिनुपरेको छ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पेरुमा विदेशमन्त्रीले राजीनामा दिनुपरेको छ। 

National life

सरकारी स्तरमा खोप अभियान सुरु नहुँदै खोप लगाएपछि विदेशमन्त्री एलिजाबेथ एस्टेटेले राजीनामा दिनुपरेको हो। उनले क्लिनिकल ट्रायल विपरीत चिनियाँ कम्पनी सिनोफार्माको खोप लगाएकी थिइन्। 

राजीनामा दिएपछि विदेशमन्त्री एस्टेटेले भनेकी छन्, ‘मैले जनवरी २२ मा पेरुको एक युनिभर्सिटीले अफर गरेपछि खोप लगाएकी थिएँ। मलाई थाहा छ मैले गल्ती गरेकी हुँ। त्यसैले मैले दोस्रो डोज पनि लगाइनँ।  गल्ती स्वीकार गर्दै मैले पदबाट राजीनामा दिएकी छु।’  

पेरु सरकारले जनवरी २०२१ मा चिनियाँ कम्पनी सिनोफार्माले उत्पादन गरेको ३ करोड ८० लाख डोज कोरोना भ्याक्सिन खरिद गर्ने निर्णय गरेको थियो। पहिलो चरणमा ३ लाख डोज प्राप्त भएपछि यही साता त्यहाँ खोप अभियान सुरु भएको छ। 

विदेशमन्त्री एस्टेटेले अभियान सुरु हुनुअघि नै खोप लगाएपछि राजीनामा दिनुपरेको हो। सरकारी तथ्यांकअनुसार पेरुमा कोरोना संक्रमणबाट करिब ४४ हजार मानिसको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

–बीबीसी

प्रकाशित: Feb 15, 2021| 06:19 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।