शुक्रबार, भदौ १९, २०८३

ओलीको प्रश्न– ताजा जनादेशमा जाँदा कसरी प्रतिगमन ?

‘चुनाव हुनु कसरी प्रतिगमन भयो? ताजा जनादेशमा जाँदा प्रतिगमन हुन्छ र? 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाँदा कसरी प्रतिगमन भयो भन्ने प्रश्न गरेका छन्।

सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘चुनाव हुनु कसरी प्रतिगमन भयो? ताजा जनादेशमा जाँदा प्रतिगमन हुन्छ र? 

नेकपाको दाहाल–नेपाल समूह, कांग्रेस र नागरि समाज संसद् विघटनलाई ओलीको प्रतिगमन भन्दै आन्दोलित छन्।

ओलीले भने, ‘उहाँहरू केलाई प्रतिगमन भनी रहनुभएको छ? हामी संविधानभन्दा बाहिर गएका छैनौं। मैले चुनाव गराउदिनँ सधैं शासनमा बस्छु भनेको छु र?’

उनले तोकिएको समयमै चुनाव गराउन निर्वाचन आयोगल काम गरिरहेको बताए। प्रधानमन्त्रीले भने, ‘आयोगले काम गर्दै छ तर पनि मानिसहरू चुनाव गराउँदैन भनेर लागेका छन्।’

प्रतिनिधिसभाको बाँकी कार्यकालमा आफूसित रहेका दुई विकल्पमध्ये एउटा प्रयोग गरेको उनको भनाइ थियो।

ओलीले भने, ‘मैले राजनीतिलाई फोहोरी खेलतिर जान दिनुपर्ने थियो कि विघटन। त्यसैले दोस्रो विकल्प रोजें र ताजा जनादेशबाट अगाडि बढाउनुपर्ने अवस्था आयो।’

प्रकाशित: Feb 15, 2021| 06:17 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।