शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनअघि विकल्पबारे धेरै पटक सोचेको थिएँ : प्रधानमन्त्री

संसद् विघटनअघि विकल्पबारे धेरै पटक सोचेको थिएँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाहिरबाट वैकल्पिक सरकारको सम्भावना नरहेकाले आफूले संसद् विघटन गरेको दाबी गरेका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाहिरबाट वैकल्पिक सरकारको सम्भावना नरहेकाले आफूले संसद् विघटन गरेको दाबी गरेका छन्। 

आफूले सरकारको नेतृत्व सम्हालेको तीन वर्ष पुगेका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने यस्तो स्पष्टीकरण दिइएका हुन्।

उनले सरकार सञ्चालनमा सुरुदेखि नै बाधा खडा गरिएको पनि बताए। ओलीले भने, ‘पछिल्लो एक वर्ष त सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो। तीन वर्षदेखि संवैधानिक निकायमा पदपूर्तिमै समस्या भयो।’

उनले संसद्मा पेस भएका विधेयक छलफलमा नलगिएको, सरकारले पेस गरेका प्रस्ताव  निर्णायार्थ पेस नभएको र राजदूत नियुक्तिमा अवरोध गरिएको बताए।

सरकारविरुद्ध आरोपपत्र पेस गरेर देशैभर छापेर पठाइएपछि स्थिति झन् बिग्रिएको उनको भनाइ छ। 

उनले भने, ‘समानान्तर सत्ता सञ्चालनको प्रयास गरियो। शीर्ष तहमा रहेका नेताको स्वार्थको असर संसद्मा नपरोस् भनेर मैले प्रयास गरेकै हुँ।’ 

उनले प्रतिनिधिसभा विघटन गर्नुअघि वैकल्पिक सरकारबारे पनि धेरै सोचविचार गरेको तर नेकपाको विकल्प नदेखेको बताए।

उनले संसदीय दलमा आफू बहुमतमा रहेको बताए। ओलीले भने, ‘पार्टीमा केही व्यक्तिले लाञ्छना पत्र पेस गरेबाहेक संसदीय दलमा मेरो विरुद्ध कतै केही आएको छैन।’

प्रकाशित: Feb 15, 2021| 06:02 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।