मंगलबार, साउन १९, २०८३

मदरसा बनाउन हिन्दू समाजसेवीले गरिन् जग्गादान

झापाको बिर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेकी छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

झापा - झापाको बिर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेकी छन्। 

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान गरेको  प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए।

अरू जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्‍याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ। जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरूलाई आह्वान गरिएको अध्यक्ष खानले बताए। 

सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ। नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए।

जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ।

मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको प्रसाइले बताइन्। 

प्रकाशित: Feb 15, 2021| 01:04 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्