शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किर्ते हस्ताक्षर गर्ने सिम्रौनगढ नगरपालिकाका ३ कर्मचारी पक्राउ

किर्ते हस्ताक्षर गर्ने सिम्रौनगढ नगरपालिकाका ३ कर्मचारी पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुखसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा प्रहरीले ३ कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

बारा- बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुखसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा प्रहरीले ३ कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्। 

माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका जितेन्द्र यादव, लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिनअघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार हाजिर भएका छन्। 

नगरप्रमुख यादव आफ्नो हिसाबले किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि नगर उपप्रमुख रीमादेवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले जिल्ला अदालत बारामा मुद्दा दिएका थिए। मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख रिमाले जानकारी दिइन्।

उनले भनिन् ‘नगरप्रमुख नगरसभामा मनोमानी गरेपछि हामीले विरोध गर्‍यौँँ, विरोधपछि उनले कर्मचारीहरुसँग मिलेर किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरे।’ अगाडि भनिन् ‘किर्ते हस्ताक्षर गरेर नगरसभा सम्पन्न भएपछि हामी अदालत पुग्यौँ।’

मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित: Feb 14, 2021| 14:46 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।