काठमाडौं- कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटोको विद्युतीय नक्सांकनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ।
किसानले आफ्नो जग्गाका माटोको बारेमा विद्युतीय माध्यमबाटै जानकारी पाउन सकिने गरी माटोको माटोको विद्युतीय नक्सांकन गरिएको सोको प्रस्तुति आइतबार प्रधानमन्त्रीलाई जानकारी गराइएको हो।
माटोको विद्युतीय नक्सानपछि अब किसानले आफ्नो खेतबारीका माटोको उर्बराशक्ति, अम्लीयपन प्रांगारिक पदार्थ माटोको बनोट जस्ता जानकारी सजिलै लिन सक्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार माटोको विद्युतीय नक्सांकनमार्फत् किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुने ? कति मल प्रयोग गर्ने ? लगायतका विषयमा विद्युतीय माध्यमबाट थाहा पाउने छन्।
देशभरबाट कुल २३ हजार २७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्ने प्रधामन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उललेख गरिएको छ।
नक्सांकन कार्यले किसानसहित नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी जानकारी दिने विज्ञप्तिमा उल्लेख गरिएको छ।