शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगामायाको जीवनरक्षा र भागरथीको हत्यारामाथि कारबाही गर्न आयोगको निर्देशन

गंगामायाको जीवनरक्षा र भागरथीको हत्यारामाथि कारबाही गर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न र भागरथी भट्टको हत्यारा पहिचान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न र भागरथी भट्टको हत्यारा पहिचान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगले गृह सचिव, कानुन सचिव र प्रहरी महानिरीक्षकसँग आइतबार गरेको छलफलमा यस्तो निर्देशन दिएको हो। 

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनशनरत गंगामायाको जीवन रक्षा गर्न आवश्यक भएकाले सरकारबाट सार्थक र प्रभावकारी पहल गर्न निर्देशन दिएका छन्।

उनले बैतडीकी भागरथीको हत्या सम्बन्धमा अविलम्ब सूक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको आयोगले जनाएको छ। 

छलफलमा कानुन सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापाले गंगामायाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल भइरहेको बताएका थिए।

यस्तै भागरथीको हत्याका सम्बन्धमा अनुसन्धान प्रक्रिया सकारात्मक दिशातर्फ अगाडि बढिरहेको उनीहरुको भनाइ थियो। 

छलफलमा आयोगका सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, आयोगका सचिव वेद भट्टराईलगायत सहभागी थिए।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारबाहीको माग राखी लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। आयोगले गंगामायालाई आईसीयूमा राखेर उपचार गर्न यसअघि नै निर्देशन दिएको छ।

यस्तै आयोगले बैतडीकी भागरथी भट्टको हत्या सम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवम् सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले सरकारलाई आग्रह गरेको छ। भागरथी भट्टकाे बलात्कारपछि हत्या भएकाे दुई साता हुन लाग्दा पनि दाेषी पहिचान हुन सकेकाे छैन।

प्रकाशित: Feb 14, 2021| 12:59 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।