शुक्रबार, भदौ १९, २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। 

बुधबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। प्रतिनिधिसभा विघटनविरूद्ध जिल्लास्तरमा विरोध प्रदर्शन गरिसकेपछि आववश्यक रणनीति बनाउन बैठक बस्न लागेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यही फागुन १९ गतेदेखि कांग्रेसका सबै समितिको विधानअनुसार थप गरिएको म्याद सकिँदैछ। बैठकले कार्यसमितिको म्याद थप गर्नेबारेमा निर्णय लिने बताइएको छ। 

यस्तै फागुन ७ देखि १० गतेका लागि तोकिएको महाधिवेशनको मितिसमेत सार्ने निर्णय बैठकले गर्नेछ। कांग्रेस महाधिवेशन विधानअनुसार एक वर्षअघि नै हुनुपर्ने हो। तर, विधानअनुसार एक वर्ष कार्यकाल थप गरिएको थियो।

यो समयावधिमा समेत महाधिवेशन हुन सकेन। अब संविधानअनुसार भदौसम्म महाधिवेशन गरिसक्नु पर्ने छ।

प्रकाशित: Feb 14, 2021| 11:59 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।