शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा देखिएको भाइरस युके भेरियन्ट हुनसक्ने आशंका, पुष्टि गर्ने प्रयोगशाला छैन 

नेपालमा देखिएको भाइरस युके भेरियन्ट हुनसक्ने आशंका, पुष्टि गर्ने प्रयोगशाला छैन 

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस देखिन थालेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस देखिन थालेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार १३ जनामा भेटिएको कोरोना बेलायतमा देखिएको युके भेरियन्ट भएको हुनसक्ने आशंका गरिएको छ। 

बेलायतमा नयाँ भाइरस देखिएपछि त्यहाँबाट नेपाल आएका ३ जनामा नयाँ भाइरस पुष्टि भएको थियो। पुष्टि भएका ३ जनाको कन्ट्याक ट्रेसिङ गर्दा थप १३ जनामा नयाँ भाइरसको प्रजाति देखिएको हो।

उनीहरुमा ‘एस जिन’ नदेखिएपछि युके भेरिएन्ट भएको आशंका गरिएको छ। युके भेरियन्टमा एस जिन देखिँदैन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले भने, ‘नयाँ भाइरस देखिएका व्यक्तिहरुको परीक्षणमा एस जिन देखिएन त्यसैले उनीहरुमा युके भेरिएन्ट हुनसक्छ, किनकी पहिला युके भेरियन्ट पुष्टि भएका ३ जनामा पनि एस जिन देखिएको थिएन।’

नेपालमा  नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नभएकाले युके भेरियन्ट नै हो भनी ठ्याक्कै भन्न नसकिने सूचना अधिकारी गुप्ता बताउँछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि जिन सिक्वेन्सिङ गर्न मिल्ने उपकरण जोड्ने विषयमा छलफल भइरहेको उनी बताउँछन्। गुप्ताका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमुना आउन थालेका छन्। 

महाशाखाका निर्देशक पौडेलका अनुसार हाल नयाँ भाइरस पुष्टि भएकाहरुमा कुनै पनि नयाँ प्रकारको समस्या देखिएको छैन। उनीहरुको अवस्था सामान्य छ। बेलायतमा देखिएको युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने बताइए पनि नेपालमा ठूलो क्षति नपुर्‍याएको पौडेल बताउँछन्।

निर्देशक पौडेल भन्छन्, ‘नेपालमा ठूलो क्षति पुर्‍याइसकेको छैन तर पनि यस प्रकारको नयाँ भाइरसबाट जोगिन सचेत बन्नुपर्छ। नेपालमा पनि धेरै प्रकारका भाइरस बनिसकेको हुनसक्ने विज्ञहरुको अनुमान छ।

जुनसुकै भाइरसले परिस्थिति, वातावरणअनुसार रुप परिवर्तन गर्छ। जसलाई म्युटेशन भनिन्छ। यस प्रकारको परिवर्तनले गर्दा बन्ने भाइरस पहिलाको भाइरसभन्दा बढी आक्रामक वा कम आक्रामक दुवै हुनसक्छ पौडेलले भने।

प्रकाशित: Feb 14, 2021| 11:48 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।